वडाध्यक्ष साहले व्रतालुलाई बाँडे साडी



जनकपुरधाम : निष्ठा र आस्थाको पर्व छठका व्रतालु महिलाहरुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्षले पर्वको पूर्वसन्धयामा साडी वितरण गरेका छन् ।

वडाध्यक्ष साहले विभिन्न व्यक्तिहरुको सहयोगमा छठ पर्वको व्रत गर्ने महिलाहरुलाई वडा कार्यालयमै बोलाई साडी बाँडेका हुन् । उनले विपन्न, दलित र असहायलाई ६५ थान साडी वितरण गरिएको बताए ।

वडाध्यक्ष साहले वडा नम्बर-३ का स्थानीयवासी रवि गोयन्का, मिथिलेश ठाकुर, दिपेन्द्र ठाकुर ‘दिपु’, मनोज साह, गौतम गुप्ता र सन्तोष मण्डलको सहयोगमा छठ पर्व गर्ने ६५ जना व्रतालु महिलालाई साडी वितरण गरेका छन् ।

वडाध्यक्ष साहले भने,‘आफ्नो वडाका विपन्न महिलाहरुलाई छठको अवसरमा चन्दा मागेर पनि सहयोग गर्न पाउँदा एकदम हर्षित छु । यस्ता अवसर जति पाएपनि गुमाउने छुईन् ।’ साडी वितरण गर्दै वडाध्यक्ष साहले पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापमा थप सहयोग पुग्ने धारणा राखे ।

छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने भएकाले ती साडी वितरण गरिएको उनले बताए । वडाध्यक्ष साहले आगामी वर्षमा समेत यस कार्यलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित :४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्