मधेश-पहाड जोड्ने साझा पर्व हो छठ : मन्त्री भट्टराई



पर्सा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिन्दूहरुको महान पर्ब छठ मधेश, पहाड र हिमाललाई जोड्ने अटुट साझा पर्वको रुपमा विकसित हुँदै गएको बताएका छन् ।

वीरगन्जमा प्रदेश २ सरकार, उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजनामा आयोजना गरिएको एक प्रदेश एक सास्कृतिक पर्ब अर्थात प्रदेश २ को मुख्य सास्कृति पर्वको महत्व सम्बन्धित कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा उनले छठ पर्ब अन्धविश्वास र अध्यात्मिक पर्ब नभएर यो विशुद्ध वैज्ञानिक पर्ब समेत भएको धारणा राखे । उनले भने, छठ वैज्ञानिक पर्ब हो, यसले प्रकृतिलाई पूजा आराधना गरी जीवनमा कष्ट नहोस भनी पाठ सिखाउँछ ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को मुख्य चाडपर्ब भएकोले छठी माताले वैश्विक माहामारी कोरोनाबाट मुक्त मिलोस र अगामि वर्ष छठ धुमधामले मनाउन अग्राह गरे ।

केन्द्रीय पर्यटन मन्त्रालयले तराई मधेसको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणको लागि बजेट नदिने गरेको गुनासो समेत उनले गरे । उनले केन्द्र सरकार प्रदेश सरकारको पर्यटकीय विकास नचाहेको आरोप लगाए ।

वीरगज महानगरका मेयर विजयकुमार सरावगीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सासद ओमप्रकाश शर्मा, भिमा यादव, करिमा वेगम, सिगासहन साह कलवार, राजेश्वर साह तेली, पारस यादव, नेका पर्सा सभापति अजय दिवेदी, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा लगायतको सहभागिता थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले छठको धार्मिक, सास्कृतिक तथा वैज्ञानिक विशेषता एवं महत्वको बारेमा विस्तृत जानकारी गराएका थिए ।

प्रकाशित :४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्