नेपालीकाे स्वास्थ समस्याः ग्यास्ट्रिक पहिलो, श्वासप्रश्वास दोस्रो



ललितपुरः ग्यास्ट्रिकलाई हामी ‘राष्ट्रिय रोग’ भन्छौँ । जमघट या भोज नै किन नहोस् यस विषयमा कुरा भइहाल्छ । ग्यास्ट्रिकले साँच्चै धेरै मानिसलाई सताएको हुन्छ त ? स्वास्थ्य कार्यालय, ललितपुरको तथ्यांक भन्छ, जिल्लामा सबैभन्दा बढी ग्यास्ट्रिकका बिरामी छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेकी छिन् । 

स्वास्थ्य कार्यालयले बढी बिरामी देखिएका पाँच रोग पहिचार गरेको थियो । गत साउनदेखि चैतसम्म १४ हजार एक सय ३६ जना ग्यास्ट्रिकका बिरामी स्वास्थ्य संस्था पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलले बताए । दोस्रो ठूलो समस्या श्वासप्रश्वास छ । 

प्रतिक्रिया दिनुहोस्