दुधुवा नेशनल पार्कमा नेपालीको गोली हानी हत्या



काठमाडौं : भारतको दुधुवा नेशनल पार्कमा एक नेपालीको हत्या भएको छ ।

पुर्नवास नगरपालिका ५ का शिवलाल रानाको गोली हानी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली भारतीय प्रहरीसँगको समन्वयमा घटनास्थलमा गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले हत्याको कारण खुल्न नसकेको बताए । उनले नेपालबाट पनि प्रहरी टोली परिचालन गरिएको बताए ।

प्रकाशित :४ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्