बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह



काठमाडौंः काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । 

बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ । 

पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २१५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८९० अण्डा र दुई हजार ९९३ केजी दाना नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्