काठमाडौं उपत्यकामा छैन छठ पर्वको उल्लास (फोटोफिचर)



काठमाडौं : विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, रानीपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।

यस वर्ष कोरोना महामारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेको छ ।

यतिबेला उपत्यकाका विभिन्न स्थानमा छठ मनाउन सरसफाइ एवं सजावटसहित तयारीका काम शुरु गरिन्थ्यो । वाग्मती नदी किनारका विभिन्न स्थान र कमलपोखरीमा छठ मनाउने तयारी पनि हुन्थ्यो । भने यस यस वर्ष कमलपोखरी लगायत अन्य स्थानमा छठको तयारी भएको छैन ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडमा मनाउन थालिएको हो । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । विसं २०६३ पछि भने काठमाडौंको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साजसज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

तर, दुई दशकअघिदेखि राजधानीमा छठको रौनक बढ्दो भएपनि यस वर्ष कोरोना महामारीका कारण विगतमा देखिदै आएको उल्लास भने यस वर्ष देखिएको छैन ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत छठ पूजा गर्ने कार्यक्रम यस वर्ष कोरोना संक्रमणका कारण स्थगित गरिएको छ ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्