प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा



काठमाडौं : प्रदेश नम्बर २ ले छठका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको जानकारी दिए ।

प्रदेश २ का आठ जिल्लामा शुक्रबार र शनिबार बिदाको घोषणा गरिएको छ । केन्द्र सरकारले भने छठमा बिदा दिएको छैन।

राउतले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रह समेत गरेका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्