कोरोना संक्रमणका कारण सुनसरीका ८८ वर्षीय वृद्धको मृत्यु



विराटनगर : कोरोना संक्रमणबाट सुनसरीका एक वृद्धको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय वृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका–५ का वृद्धमा कात्तक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्