सवारी दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु



काठमाडौं : भारतको उत्तरप्रदेशमा सवारी दुर्घटनामा हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु भएकामध्य ६ जना बालबालिका रहेका छन् ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप उत्तरप्रदेशको प्रतापगढको प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर बिहीबार राति दुर्घटना भएको हो ।

चालक निदाएर दुर्घटना भएको अनुमान प्रहरीको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् भने घाइतेहरुको उद्धार तथा उपचारमा मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्