हेटाैंडामा विप्लव कार्यकर्ताद्वारा ट्रक र जिपमा आगजनी



हेटौंडा :  विप्लव नेतृत्वकाे नेकपाले बन्द अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी गरेकाे छ। 

भीमफेदी गाउँपालिकामा तरकारी बाेकेकाे ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना२च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका प्रहरीले जनाएकाे छ।

जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ। त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ। ट्रकको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्