घट्यो सुनको मूल्य



काठमाडौं : साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्