जिप दुर्घटनामा परी एक जनाकाे मृत्यु, एक घाईते



पाल्पाः पाल्पामा भएको जिप दुर्घनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रम्भादेवि गाउँपालिका–३ , देउराली भन्ने स्थानमा लु १ ज १७८६  नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको उपचारका क्रममा मृत्यु भएको हो ।

मलेङ्ग भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण सापकोटाले जानकारी दिए ।दुर्घटनामा परि घाइते भएका  देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्