नाफामा निर्जीवनभन्दा जीवन बीमा अगाडी, नेपाल लाइफ पहिलो स्थानमा



काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिपोर्ट प्रकाशित गर्ने बीमा कम्पनीहरुमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीले नाफामा अग्रता लिएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत ८ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ । नेपाल लाइफ इन्सुरेन्सले आफ्नो पहिलो स्थान कायम राखेको छ । यसले सबैभन्दा बढी नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमासमा २२ करोड ९० लाख रुपैयाँ कमाएको छ ।

चुक्ता पुँजीमा पनि नेपाल लाइफकै अग्रता कायम छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ तर यसको चुक्तापुँजी ५ अर्ब भन्दा बढी छ ।

बैंक तथा वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव प्रष्ट देखिदा बीमा कम्पनीमा भने कोरोनाको प्रभाव देखिदैन । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत सबै जीवन बीमा कम्पनीको नाफामा सुधार देखिएको छ ।

नेप्सेमा ८ वटा मात्र सूचिकृत भएपनि नेपालमा जीवन बीमा कम्पनीको संख्या १९ वटा रहेको छ । बाँकी ११ वटा नेप्सेमा सूचिकृत हुन बाँकी रहेको छ ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्