कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु



धनगढी : कैलालीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.७ की ७५ वर्षीया महिलाको धनगढीको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

उनको आज (शुक्रबार) बिहान अस्पतालमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यही कार्तिक २९ गतेबाट अस्पतालको भेन्टिलेटरमा उनको उपचार भैरहेको थियो ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्