छठ पर्वमा सुनसान छ रानीपोखरी (फोटोफिचर)



काठमाडौं : प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज (शुक्रबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

तराई–मधेशका अतिरिक्त मुलुकका विभिन्न ठाउँमा छठ पर्व निकै धुमधामका साथ मनाइँदैछ । तर, छठ पर्वको अवसरमा राजधानी काठमाडौंको रानीपोखरी भने सुनसान देखिएको छ ।

No description available.

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि यसभन्दा अगाडी भाइटीकाका दिन मन्दिर प्रवेश गरी दर्शन गर्ने दिइएको थियो । तर, छठ पर्वमा भने रानीपोखरीमा प्रवेश गर्न दिइएको छैन ।

No description available.

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यका लगायत पहाडमा मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौंको थापाथली, गौरीघाट र रानीपोखरीमा विशेष महत्वसाथ यो पर्व मनाउन थालियो । तर, यस वर्ष कोरोना महामारीका कारण उपत्यकामा छठ पर्वको उल्लास देखिएको छैन ।

No description available.

हरेक वर्ष छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, रानीपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष यी क्षेत्र सुनसान प्रायः छ ।

No description available.

यस वर्ष कोरोना महामारीबाट बच्न स्थानीय प्रशासनले भीडभाड नगरी सकेसम्म घरमै बसेर छठ पर्व मनाउन आह्वान गरेको छ ।

No description available.

यो पनि

काठमाडौं उपत्यकामा छैन छठ पर्वको उल्लास (फोटोफिचर)

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्