चितुवाको छालासहित ४ जना पक्राउ



बुटवल : बुटवल प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।

बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका-४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ ईन्च चौडाईको एक थान चितुवाको छालासमेत बरामद गरेको छ ।

प्रकाउ परेका व्यतिm र छाला जिल्ला वन कार्यालय रुपन्देहीमा बुझाइएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्