स्याटलाइट परीक्षणपछि प्रधानमन्त्री भने, ‘नेपाल अन्तरिक्ष युगमा पुग्यो’



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली स्याटलाइट अन्तरिक्षमा पठाएपछि खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले बिहीबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अब नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । 

बिहीबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणसम्म संलग्न सबै वैज्ञानिकलाई बधाई दिएका छन् । स्याटेलाइट प्रक्षेपणबाट नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । 

अमेरिकाको भर्जिनियास्थित नासाको प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा 'नेपालीस्याट-१' नामको नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको थियो । यो स्याटलाइटको तौल करिब एक किलोग्राम छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यो भू-उपग्रह केही समय अन्तरिक्षको बाहिरी भागमा रहने छ । त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने बताइएको छ । यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदिका तस्बिर र सूचना पठाउनेछ । 

संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युजापानमा शू इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले बनाएको स्याटलाइट प्रक्षेपण गरिएको हो ।

यो स्याटलाइट अन्तरिक्षमा पुग्न एक महिना लाग्ने छ । स्पेस इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तरका विद्यार्थी हरिराम श्रेष्ठले बनाएको ‘नानो स्याटलाइट’ प्रक्षेपण गरिएको हो । 

 

Though a humble beginning, with the launching of NepaliSat-1 Nepal has entered the Space-Era. I wish to congratulate all those scientists and institutions that were involved right from the development to its launching thereby enhancing the prestige of our country. pic.twitter.com/PpF1PIcQfa

— K P Sharma Oli (@kpsharmaoli) April 18, 2019

प्रतिक्रिया दिनुहोस्