दाङमा ३ लाख घुससहित सुब्बा र कार्यालय सहयोगी पक्राउ



दाङ : मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ३ लाख २० हजार घुससहित पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पूर्जा बनाई दिने भन्दै घुस लिएका थिए । उनीहरु आज पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्