निजगढ विमानस्थलको गुरुयोजना बनाउन कम्पनीको छनोट



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ ।

आज (शुक्रबार) लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना र भैरहवा विमानस्थलको समानान्तर ट्याक्सी वे निर्माणको परामर्शदाताको टुंगो लागेको प्राधिकरणले जानकारी दिएको छ ।

निजगढ विमानस्थलको अध्यावधिक गुरुयोजना निर्माणको जिम्मेवारी सीजी इन्फ्राटा-बीडीएले पाएको प्राधिकरणले जनाएको छ । गुरुयोजना निर्माणको प्रयोजनका प्राधिकरणले मागेको आसयपत्रमा १ दर्जन कम्पनी इच्छुक देखिएका थिए ।

त्यसबाट ६ वटा कम्पनीको सर्ट लिस्टिङ गरिएको थियो । ६ वटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो । सो क्रममा ३ वटा कम्पनीबाट प्रस्ताव परेको थियो । विस्तृत प्रस्ताव बुझाएका मध्ये सबैभन्दा कम मूल्य कबुल गरेको सीजी इन्फ्राटा-बीडीए छनोट भएको हो ।

प्राधिकरणका अनुसार यो कम्पनीले २९ करोड ८९ लाख ९० हजार रुपैयाँमा गुरुयोजना निर्माणको जिम्मा पाएको छ । यसअघि गत असोजमा निजगढ विमानस्थल निर्माणलाइ गति दिने सन्दर्भमा पर्यटन मन्त्रालयले गूरुयोजना निर्माण गर्न कम्पनी छनोटको काम अबिलम्ब सक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सीजी इन्फ्राटा-बीडीए जेभीले नेपाली कम्पनी जोशी एशोसिएटसँगको समन्वयमा काम गर्नेछ ।

शुक्रबार नै प्राधिकरणले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साविकको धावनमार्गलाई समानान्तर ट्याक्सीवे बनाउन आवश्यक डिजाइन तथा सुपरभिजनका लागि समेत परामर्शदाता छनोट गरेको छ । कुल २४ करोड ४० रुपैयाँमा परामर्श सेवा उपलब्ध गराउने गरी सिंगापुरको मिन्हार्ट लिमिटेडले जिम्मा पाएको छ ।

नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा यो कम्पनीले गौतमबुद्ध विमानस्थलको ट्याक्सी वे निर्माणमा परामर्श सेवा दिने छ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलमा अहिले आन्तरिक उडानमा प्रयोग भइरहेको धावनमार्गलाई पुननिर्माण गरी समानान्तर ट्याक्सी-वे बनाइने छ । नयाँ धावनमार्गबाट भने जहाजहरुको उडान-अवतरण हुनेछ ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी