आँगनमै जलकुण्ड निर्माण गरि छठ



जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर-६ स्थित ढल्केवरमा केही व्यक्तिहरुले आँगनमै छठ मनाईरहेका छन् ।

ढल्केवरमा कोरोना संक्रमणबाट सुरक्षित रहन एउटै परिवारका व्यक्तिहरुले घर अगाडी नै जलकुण्ड निर्माण गरि छठ मनाईरहेका छन् । छठमा सुर्यलाई अर्घ दिने समयमा पोखरीको घाटमा मानिसहरुको भिडभाड बढी हुने भएकोले संक्रमणको जोखिम बढने डर भएको हुँदा आफुहरुले यस्तो गरेको उनीहरुले बताएका छन् ।

बढदो कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले गरेको आग्रहलाई समेत पालना गर्दै आफुहरुले घर अगाडी नै जलकुण्ड निर्माण गरि छठ मनाएको स्थानीय रामकृपाल महतोले बताए ।

उनले निष्ठा र आस्थाको महापर्व छठ मनाउन घाटमा कोरोना संक्रमणको जोखिम उच्च रहने भएको हुँदा आफ्नो परिवारले मात्र मनाउने गरि घर अगाडी जलकुण्ड निर्माण गरेको बताए ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१ मा समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सञ्जिव कुमार सुरज झाले आफ्नो घरमा रबरको बोट निर्माण गरि घरमै छठ पर्व मनाईरहेका छन् । उनले आफुहरुले सरकारको मापदण्ड अनुसार छठ पूजा गरिरहेको बताए ।

प्रकाशित : ५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्