प्रहरी हिरासतमा शंकास्पद मृत्यु



नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–३ वनकट्टीका बाबुलाल रैदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय १३ वर्षीय बालकको हत्या अभियोगमा रैदासलाई प्रहरीले पक्राउ गरेको थियो । २५ दिनदेखि उनी बाँके प्रहरीको हिरासतमा थिए ।

रैदासमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाइसकेपछि अनुसन्धानकै क्रममा थप अभद्र व्यवहारको मुद्दा दर्ता गरेको खुलेको छ । कर्तव्य ज्यान मुद्दा पुष्टि भए जन्मकैदसम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ तर अभद्र व्यवहार मुद्दामा भने १० हजार धरौटी वा एक वर्ष कैद सजाय गर्न सकिने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दा चलिसकेको अभियुक्तमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गर्नुले घटना रहस्यमय बनेको छ ।

रैदासले बालक हत्याको आरोप स्वीकार नगरेपछि प्रहरीले उनलाई हिरासतमा राख्न अभद्र व्यवहार मुद्दा दर्ता गरेको आफन्तको आरोप छ । ‘मलाई मारिदिनुस् तर मैले बालक हत्या गरेको होइन भन्दै बाबुलाल इन्कारी बयान दिन्थे । त्यसैले अभद्र मुद्दा चलाएर उनलाई हिरासतमा राखिएको थियो,’ बेतहनीका एक अगुवाले भने, ‘बालकको हत्यापछि प्रहरीले गाउँका सर्वसाधारणलाई निकै दु:ख दियो । २०/२५ जनालाई पक्राउ गर्‍यो तर हत्याको सुराक अझै भेटिएको छैन ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास खड्काले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रैदासले घटनाको सोधपुछका क्रममा प्रहरीमाथि दुव्र्यवहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरेको दाबी गरे । ‘प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले अर्को मुद्दा चलाइएको हो,’ उनले भने तर प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी अभद्र व्यवहार गरे भन्ने पुष्टि उनले गर्न सकेनन् । उनका अनुसार टाउकामा बाँधेको कपडा (घुम्टो) को पासो लगाएर रैदासले शुक्रबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेका हुन् ।

तर मृतकका आफन्तले भने बालकको हत्या स्वीकार गराउन प्रहरीले यातना दिएको आरोप लगाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । मृतककी ७० वर्षीया आमा मात्रै छिन् । मृतकका भिनाजु पतिलाल रैदासले प्रहरीको सुरक्षा घेराभित्र आत्महत्या गर्न नसक्ने तर्क गरे । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर पोस्टमार्टम गराएको छ । कुनै राजनीतिक दलमा नलागेका र निम्नवर्ग परिवारका बाबुलालको आत्महत्या नभई हत्या गरेको भन्दै स्थानीयले पनि छानबिनको माग गरेका छन् । कान्तिपुर दैनिकमा ठाकुरसिंह थारूले लेखेका छन् ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध