बिहान पिउनुस् ग्रीन टी, घटाउनुस् आफ्नो तौल



काठमाडौं : बिहान के पिउनु हुन्छ ? चिया की, ग्रीन टी । ग्रीन टीको प्रयोग गर्दा पेटलाई घटाउन सहयोग गर्दछ । यसको प्रयोगले तपाईको मानसिक तनाबलाई पनि कम गर्न मद्दत गर्छ । आफ्नो दैनिकीमा असाध्यै व्यस्त हुनेहरु जो व्यक्तिले आफ्नो शरीरको हेरविचार गर्न सक्दैनन् र अनियमित खानपिनका कारण मोटोपनाबाट पीडित हुनुहुन्छ भने बिहान र बेलुकाको समयमा ग्रीन टी प्रयोग गर्न सक्नुहुन्छ । ग्रीन टीमा भएका विभिन्न तत्वले शरीरमा लागेको बोसो घटाउन मद्दत गर्दछ ।

ग्रीन टीले शरीरमा भएको बोसो कम गर्नुका साथै शरीरबाट विषालु पर्दाथलाई पनि बाहिर निकाल्ने काम गर्छ । ग्रीन टीको प्रयोग मधुमेह रोगीका लागि रामबाणजस्तै हुन्छ । यसले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

तपाईले ग्रीन टी आफ्नो घरमा आफै बनाउन पनि सक्नुहुन्छ । यसका लागि एक गिलास पानी तताउनुहोस् । यसमा एक चम्चा ग्रीन टी मिसाउनुहोस्, पानी उम्लिएपछि यसमा पुदिना र तुलसीका दुई–दुई वटा पात हाल्नुहोस् र दुई मिनेट उमाल्नुहोस् । त्यसपछि यसमा अदुवा हाल्नुहोस् र थोरै बेर उम्लिएपछि यसमा आधा चम्चा कागतीको रस मिसाउनुहोस् । तपाईंको मोटोपन घटाउने ग्रीन टी बन्यो। यसलाई दैनिक बिहान खाली पेटमा एक कप ग्री टी पिउँदा तपाईंलाई फाइदा हुन्छ ।

यसरी तपाईले बिहान ग्रीन टी सेवन गर्दा, शारीरिक र मानसिक रुपमा नै स्वास्थ्य रहने गर्दछ । ग्रीन टीले शरीरमा भएको बोसो कम गर्नुका साथै शरीरबाट विषालु पर्दाथलाई पनि बाहिर निकाल्ने काम गर्छ । ग्रीन टीको प्रयोग मधुमेह रोगीका लागि रामबाणजस्तै हुन्छ । यसले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्