६५ औं स्थापना दिवस मनाउदै तरुण दल 



काठमाडाैं : नेपाली कांग्रेसको प्रमुख भातृ संगठन तरुण दलले शनिबार ६५ औं स्थापना दिवस मनाउँदै छ । पार्टी र देश विकासमा युवाहरुको भुमिका हुनुपर्ने मान्यतासहित विपी प्रसाद कोइरालाले वि.सं. २०१० साल कार्तिक १० गते तरुण दलको गठन गरेका थिए । ०१७ को राजनीतिक परिर्वतनपछि कांग्रेसले गठन गरेको तरुण खासै सक्रिय रह्न सकेन । 

 

०४६ को परिर्तनपछि पनि पार्टीले त्यसलाई ब्युताएन । पछि ०५४ सालको कांग्रेस महासमिति बैठकले पुन: तरुण दललाई ब्युताउने निर्णय गर्‍याे । बालकृष्ण खांणको नेतृत्वमा पुन: गठन गरिएको तरुण तात्कालिन् अवस्थमा कांग्रेसको चर्चित भातृ संगठन बन्न पुग्यो । 

 

त्यसपछि हरेक कार्तिक १० गते तरुण दलले आफनो स्थापना दिवस मनाउँदै आएको छ । ६५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय समिति तरुण दलले पार्टी मुख्यालय सानेपामा शिर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम गर्दै छ । जिल्लाहरुमा समेत तरुण दलको जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरेर शनिबार स्थापना दिवस मनार्इ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्