ट्रम्पका छोरालाई कोरोना संक्रमण



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्प कोरोना संक्रमण भएको छन् । ४२ वर्षीय ट्रम्पमा संक्रमण पुष्टिपछि क्वारेन्टाइनमा बसेका छन् ।

उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र कोभिड प्रोटोकल (सुरक्षाको उपाय) को सबै नियम पालना गरिरहेको उनका प्रवक्ताले जनाएका छन् । उनकी पत्नी किम्बर्ली गिलफायल गत जुलाईमा संक्रमित भएकी थिइन् । उनी पूर्ण रुपमा निको भइसकेकी थिइन् । त्यतिबेला ट्रम्प जुनियरलाई संक्रमण भएको थिएन ।

राष्ट्रपति ट्रम्पका विशेष सल्लाहकार एन्ड्यु गिलियानीले पनि आफू शुक्रबार संक्रमित भएको बताएका छन् । गिलियानी ट्रम्पका निजी वकिल रुडी गिलियानीका छोरा हुन् । उनमा संक्रमणको हल्का लक्षण देखिएको बताइएको छ ।

सिबिएस न्युजका अनुसार ह्वाइटहाउसमा कम्तिमा पनि चार जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्