
काठमाडौँ : राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा बिहीबार बिहान चरो ठोक्किएको छ । मलेसियाको क्वालालम्पुरबाट आउने क्रममा एयरबस ए ३२०-२३३ जहाजको पांग्रामा चरो ठोक्किएको हो ।
नाइन एन-एकेडब्लु कलसाइन भएको उक्त जहाज अवतरणका क्रममा धावनमार्गमा गुडिरहेको समयमा पछाडिको पांग्रामा चरो ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । मलेसियाबाट आएको उडान नम्बर आरए ४१६ मा यात्रु भरिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि चरो ठोक्किने समस्या छ । चरो ठोक्किएर दुर्घटनाबाट जोगिएको जहाज ग्राउन्डेड भने गर्नुनपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पटक पटक जहाजमा चरा ठोक्किने गरेका छन् । यसअघि गत भदौमा क्वालालम्पुरबाटै आएको निगमको अर्को जहाजमा चरो ठोक्किएको थियो ।