इमरान खानलाई झट्का : अर्थमन्त्री असद उमरले दिए राजीनामा



इस्लामावाद : पाकिस्तानका अर्थमन्त्री असद उमरले पदबाट राजीनामा दिएका छन् । आफूले बिहीबारबाट लागू हुने गरी इमरान खान मन्त्रिपरिषद्बाट राजीनामा दिएको जानकारी असले फेसबुकबाट दिएका छन् । 

मन्त्रिपरिद्‍मा फेरबदलको चर्चाबीच मन्त्री असदले राजीनामा घोषणा गरेका हुन् । 'मैले प्रधानमन्त्री इमरान खानबाट सहमति लिएरै पद छाड्ने निर्णय गरेको हुँ', उनले भनेका छन् । 

मन्त्री असदको यो निर्णय इमरान मन्त्रिपरिषद्‍ फेरबदलको पहिलो खुड्किलो मानिएको हो । प्रधानमन्त्री इमरानले असदलाई अर्थको साटो ऊर्जा मन्त्रालय सम्हाल्न भनेका थिए । तर उनले भने, 'मैले तत्काल कुनै पनि मन्त्रालय नलिने निर्णयसहित पद त्यागेको हुँ ।'

उमरले दिएको राजीनामा प्रधानमन्त्रीकहाँ पुगेको पुष्टि भएको छैन । तर उनको राजीनमा प्रम इमरानले स्वीकार्ने दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरेका छन् । उमरको यो राजीजामा इमरानको पार्टी तेहरिक इ इन्साफमा देखिएको विवादको प्रकट भएको रुप भनिएको छ । डनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्