विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ



काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन् ।

उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईले जानकारी दिए ।

पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली हुन् । उनका अनुसार उनीहरू केन्द्रिय आर्थिक विभागका सदस्य हुन् । ‘उनीहरू केन्द्रीय आर्थिक विभाग सदस्यहरू हुन् । चन्दा उठाउँदै हिँड्ने गर्थे,’ प्रहरीले भन्यो । थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्