विवाह पछि पनि ‘अफेयर’मा थिए यी बलिउड अभिनेता



काठमाडौं : बलिउडका केही अभिनेताहरु विवाहपछि पनि अभिनेत्रीसँग अफेयरमा रहेको कुराले बेला बेला चर्चा पाउने गरेको छ । केहि अभिनेताको अफेयर नभए पनि भएको कुरा मिडियामा आए भने बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे ।

आदित्य पंचोली
आदित्य पंचोलीले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । उनले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको सम्बन्ध पूजा बेदीसँग पनि रह्यो । पूजा र आदित्य एक अर्कासँग डेट पनि गरे, तर पछि ब्रेकअप भयो । त्यसपछि आदित्य पुनः कंगना रनौतसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्यो । आदित्यका केही अफेयरका बावजुद पनि उनी पत्नी जरीनाले उनलाई साथ दिइरहेकी छन् ।

अमिताभ बच्चन
अमिताभ बच्चनले विवाह पछि पनि अभिनेत्रीसँग अफेयर राख्ने अर्का अभिनेता हुन् । अमिताभ बच्चनको नाम आज पनि बलिउडकी सदाबहार सुन्दरी रेखासँग जोडिन्छ । रेखा र अमिताभको प्रेमकहानी थाहा नहुने कमै होलान् । अमिताभले जया बच्चनसँग विवाह गरे । रेखा र अमिताभको सम्बन्धको बारेमा जानकारीपश्चात पनि जयाले अमिताभलाई स्वीकार गरिन् ।

गोविन्दा
गोविन्दाले सन् १९८७ मा सुनीता आहूजासँग विवाह गरेका थिए । बलिउडमा गोविन्दा र रानी मुखर्जीको जोडी निकै चर्चित थियो । फिल्ममा काम गर्दागर्दै दुवै एकदमै नजिक भए । रानी र गोविन्दाको प्रेम निकै गहिरो हुँदाहुँदै पनि गोविन्दाले रानीसँग ब्रेकअप गरे । गोविन्दा र रानी मुखर्जीको सम्बन्धको बारेमा जानकारीपश्चात पनि सुनीताले उनलाई साथ दिइरहिन् ।

शाहरुख खान
रोमान्सका राजा मानिने अभिनेता शाहरुख खानले विवाह पछि पनि अभिनेत्रीसँग अफेयर राखे । शाहरुखको विवाह गौरी खानसँग भएको हो । फिल्म ‘डन’ को शुटिङसँगसँगै शाहरुख खान र प्रियंका चोपडा एकअर्कासँग निकै नजिक भए । प्रियंकासँग सम्बन्ध भएको थाहा पाएपछि गौरी खानले प्रियंकासँग काम गर्न दिइनन् । र अहिले यी दुईले पुनः वैवाहिक जीवनलाई एक साथ अगाडि बढाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्