काठमाडौं महानगरले पुनः स्वाब संकलन गर्दै



काठमाडौं : काठमाडौं महानगरपालिकाले पुनः स्वाब संकलन शुरु गर्ने भएको छ । भोलि (आइतबार)देखि महानगरले पुनः निःशुल्क पीसीआर परीक्षण गर्न लागेको हो ।

शनिबार एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएकोे जानकारी दिए ।

सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संकलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने बताएको छ ।

महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन शुरु गर्न लागेको छ । साथै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको समेत उनले बताए ।

मेयर शाक्यले उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्