अन्तर्राष्ट्रिय रामायण मेलामा नेपालको प्रतिनिधित्व गर्दै मिनापका टोली भारत प्रस्थान 



जनकपुरधाम  – भारतको दिल्लीमा यस वर्ष हुन लागेको अन्तर्रा्ष्ट्रिय रामायण मेलामा सहभागी हुन नेपालको तर्फवाट मिथिला नाट्यकला परिषद (मिनाप) आज भारतको नया दिल्ली प्रस्थान गरेका छन ।

भारतको आयोजनामा प्रत्येक वर्ष हुने अंतरराष्ट्रीय रामायनमेलामा भारत सहित नेपाल , श्रीलंका र थाईलैंडले रामायणको प्रस्तुति गर्ने बताइएको छ । मिनापले यसपटक मिथिलाको परम्परा अनुशार  मेलामा सीतको जन्म देखी कोहवर सम्मको लाइव गीति नाट्य क्षणिक प्रस्तुत गर्ने मिनापका पूर्व अध्यक्ष सुनील मल्लिकले जानकारी दिएका छन ।

 

मल्लिकका अनुसार , “जनकपुरधाम वाट आज हामी २७ जनाको समूह पटना हुदै ट्रैनको माध्यमले दिल्ली पुग्ने र पहिलो प्रस्तुति दिल्ली स्थित कमानी अाँडिटोरियममा नवम्बर २ को कार्यक्रम हुने बताएका छन ।

 

मिनापको सांगीतिक टोलीमा मिनापका अध्यक्ष परमेश झा सहित गायक समेत रहेका उपाध्यक्ष  ललित कामत , संगीता देव (गायिका) , नेहा प्रियदर्शिनी (गायिका), धीरज ठाकुर (नृत्य), पूजा ठाकुर (नृत्य), रानारायन ठाकुर(वादयवधक) सहित २७ जनाको टोली भारतको लागि प्रस्थान गरेका छन ।

 

भारतमा पहिलो शो दिल्लीमा, दोश्रो शो जयपुर र तेस्रो शो उत्तर प्रदेशको अयोध्यामा हुने मिनाले जानकारी दिएका छन । मिनापका टोलीलाई जनकपुरका मेयर लालकिशोर साहले फुल–माला अविर लगाई विदा गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्