काबुलमा रकेट बम हमला : ८ जनाको मृत्यु ३१ जना घाइते



काबुल : अफगानिस्तानको राजधानी काबुलमा रकेट बम हमला भएको छ । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला हुँदा कम्तिमा ८ जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।

ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका कार्यालय रहेको क्षेत्रमा शनिबार बिहान स्थानीय समय अनुसार ९ बजे आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् । तारिकका अनुसार जहाँ २३ वठा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ ।

घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ । यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्