रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल : रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सियारी गाउँपालिका–४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा शनिबार दिउँसो मृत्यु भएको हो ।

गत कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएकी उनी २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा आज दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय ३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्