थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएका छन् भने पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् ।

काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । हाल देशभर संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्