बुन्डेसलिगामा आज ७ खेल हुँदै : पहिलो खेलमा बायर्न र भेरडाआ भिड्ने



काठमाडौं : जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ७ खेलहरु हुँदैछ । बुन्डेसलिगामा आज हुने पहिलो खेलमा बायर्न म्युनिखले घरेलु मैदानमा भेरडाआ ब्रेमेनसँग प्रतिस्पर्धा गर्दैछ ।

बायर्न र ब्रेमेनबीचको खेल नेपाली समय अनुसार ८:१५ बजे सुरु हुनेछ । बायर्न ७ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १० अंक जोडेको ब्रेमेन नवौं स्थानमा रहेको छ ।

यस्तै डर्टमण्डले हेर्था बर्लिनसँग, आरबी लाइपजिगले आइनट्राख्ट फ्रान्कफुर्टसँग, शाल्केले वोल्फ्सबर्गसँग खेल्दा होफेनहाइमले स्टुटगार्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्