पार्टी कुनै पनि हालतमा फुट्दैन : बामदेव गौमत



दाङ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।

शनिबार दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।

पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउँदै गौतमले भने–‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्