पाँडे र पौडेललाई भैरव पुरस्कार



काठमाडौं : साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७६ रामकुमार पाँडे र भैरव प्रतिभा पुरस्कार राजाराम पौडेललाई प्रदान गरिएको छ ।

भैरव पुरस्कार गुठीले गोकर्णेश्वर नगरपालिकामा रहेको भैरव स्मृति भवनमा गरेको कार्यक्रममा पाँडे र पौडेललाई पुरस्कृत गरेको हो । भैरव पुरस्कार एक लाख र भैरव प्रतिभा पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जोरपार्टी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने बताए ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्