धनुषाबाट ५ जना मोटरसाइकल चोर पक्राउ



जनकपुरधाम : धनुषा प्रहरीले ५ जना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरि त्यसमा संलग्न ५ जना चोरहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ११ का असलम राईन, जनकपुर महानगरपालिका ४ का दिपकुमार महतो, वडा नम्बर ७ का संजिवकुमार साह, वडा नम्बर १ का अरविन्दकुमार साह र धनौजी गाउँपालिका वडा नम्बर १ का हसिबुल नदाफ रहेको जिप्रका धनुषाले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्