२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?



काठमाडौं : पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७–५७, कपिलवस्तु र नवलपरासीमा ३३र३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना सङ्क्रमित भएका छन् ।

मन्त्रालयका अनुसार धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा नौ र नुवाकोटमा आठ जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै सिराहा, धनकुटा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका सात÷सात, डडेलधुरा पर्वत र बझाङमा छ÷छ, सुनसरी, बारा र लमजुङमा पाँच÷पाँच जनामा कारोना पुष्टि भएको छ ।

त्यसैगरी सर्लाही, रामेछाप, इलाम, अर्घाखाँची, दैलेख, गुल्मी र सल्यानमा चार÷चार, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका तीन÷तीना, उदयपुर, सप्तरी र सिन्धुलीका दुई÷दुई र बाजुरा, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत र बैतडीमा एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।

हाल मनाङ र मुगुमा एक जना पनि सङ्क्रमित छैनन् । काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी