कोरोना संक्रमणले अछाममा स्वास्थ्यकर्मीको मुत्यु



दैलेख : कोरोना संक्रमणका कारण अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

धनगढी घर भई अछामको तुर्माखाद गाउँपालिकाको रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव ५३ वर्षीय कपिल श्रेष्ठको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले धनगढीमै कोरोना परीक्षण गराएको र कहिले कोरोना पुष्टि भयो भन्ने खुल्न बाँकी रहेको अछाम तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी श्रेष्ठ दशैँ अगाडिबाट धनगढीमै रहेको र कोरोना संक्रमणपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा शुक्रबार मृत्यु भएको अछाम प्रशासनले जनाएको छ ।

प्रकाशित :६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्