हावाहुरी पीडितलाई शिवसताक्षी नगरपालीकाद्वारा ५ लाख सहयोग



जनकपुरधाम : झापाको शिवसताक्षी नगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। बिहीवार प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा (लिम्बू) नेतृत्वको टोलीले पाँच लाखको चेक हस्तान्तरण गरेको हो।

चेक बुझ्दै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बूसहितका टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए।

सो अवसरमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडा नं. २ का वडा अध्यक्ष कुलबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्