वरिष्ठ चिकित्सक डा.धुव्र शर्मा मुडभरीको कोरोनाका कारण निधन



काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालले एक अर्का वरिष्ठ चिकित्सक गुमाएको छ ।

वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको शनिवार उपचारको क्रममा निधन भएको हो । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केही दिनअघि कोरोना संक्रमण भएको थियो । ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्