वैदेशिक रोजगारीका नाममा ठगी गरी फरार प्रतिवादी पक्राउ



काठमाडौं : वैदेशिक रोजगारीका नाममा केही व्यक्तिलाई ठगेपछि जिल्ला अदालत उदयपुरबाट दण्ड सजाय पाएर फरार रहँदै आएका उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–३ स्थित थुलुङ डाँडा बस्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहँदै आएका चौदण्डी–३ का ४३ वर्षीय सुजन राई रहेका छन् । अदालतबाट दण्ड सजाय पाए पनि केही वर्षदेखियता फरार रहँदै गाउँघरमा लुकीछिपी बस्दै आएका राईलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

राईले वैदेशिक रोजगारीका नाममा केही व्यक्ति ठगी गरेको कसुरमा जिल्ला अदालत उदयपुरले एक वर्र्ष तीन महिना तीन दिन कैद र एक लाख ५० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको प्रहरीले बताएको छ ।

फरार प्रतिवादी राईको प्रहरीले खोजी गरिरहेको र राईले अदालतको सजाय छल्नका लागि निरन्तर कहिले अन्यत्र कतै र कहिले गाउँघरमा लुकीछिपी बस्दै आएको र शुक्रबार साँझ घरमा लुक्न आइपुगेको अवस्थामा विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएका राईलाई सजाय कार्यान्वयन गराउन अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहमा पढाइने पाठ्यक्रममा गौतम बुद्धबारे राखिएको गलत

काठमाडौं : काठमाडौंको मैतीदेवीबाट बहुमूल्य वन्यजन्तु सालको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल : कोरोना विशेष अस्पताल बुटवलमा रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमित व्यक्तिको

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु