बझाङमा प्रदेश स्तरिय दाेस्राे ठूलो कप ‘बिसिए कप’ आयोजना हुने



काठमाडाैं : ‘पर्यटन प्रर्वद्धनका लागि लागि खेलकुद’ भन्ने नाराका साथ सुदूर पश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङमा सर्वाधिक पुरस्कार राशिको क्रिकेट कप आयोजना हुने भएको छ । धनगढी प्रिमियर लिग पछिको दास्रो ठूलो प्रदेश स्तरिय ‘धौली देवी स्मृति द्यऋब् कप २०७५’ बझाङको बुंगलमा आयोजना हुन लागेको हो ।

प्रथम पुरस्कार एक लाख ५० हजार, दाेस्राे हुनेलार्इ ६० हजार पुरस्कार राशिको रहेको 'धौली देवी स्मृति BCA कप २०७५' बझाङको दुर्गम नगरपालिका बुंगलमा हुनेछ । आगामी कात्तिक १७ गतेबाट सञ्चालन हुने कपको युवा तथा खेलकुद मन्त्री माननीय जगत बहाुर विश्वकर्माले उद्घाटन गर्ने र प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय महासचिव ऐन महर रहने आयोजक बुंगल एसोसियसनले जनाएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस कपले आयोजनास्थल बुंगल मात्र नभई समग्र बझाङ जिल्लाकै विकास महत्वपूर्ण टेवा पुग्ने जानकारी गराइएको छ । विगत १० वर्षदेखि अनवरत रुपमा आयोजना गरिदै आएको यो कपमा समग्र प्रदेश ७ का सबै जिल्लाबाट खेल्न चाहाने क्रिकेट टिमलाई सहभागी आह्वान गरिएको छ ।

छोटो समय बाँकि रहेकोले धमाधम टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ ।  बढीमा २४ वटा प्रदेश टिमले सहभागिता जनाउने अनुमान रहेको आयोजक बुंगल एसोसिएसनका संस्थापक इन्चार्ज आर बिक्रमसिंह ओखेडाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पछिल्लो समय लोकप्र्रिय बन्दै गएको यो खेल बझाङमा खेल मैदान अभावका बाबजुत पनि खोला किनार तथा सिमित समथर स्थलमा खेलिदै आएको छ ।  दसैंतिहारकै सेरोफेरोमा मात्र बझाङमा साना ठूला गरी ७ वटा जिल्लास्तरका खेल भइरहेका र हुने क्रममा रहेका छन् ।

नेपालले किक्रेट क्षेत्रमा हासिल गरेको उपलब्धी तथा लोकप्रियतासँगै युवाहरुको यस खेलतर्फ आकर्षण र विश्वास बढ्न थालेको छ । छोटो अवधिमै नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व खेल बजारमा बढाएको स्तरियता र सन्दिप लामिछाने जस्ता नेपाली क्रिकेटरको सफलताले पनि युवाहरु यस खेलमा आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्