बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु



झापा : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

झापा बाहुनडाँगी–४ मेचीनगरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार राति १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

मंसिर १ गते कोरोना पुष्टि भएका ती पुरुष ३ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए ।

योसँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्