हुम्लाको अस्पताल सिल



सिमकोट : स्वास्थ्य सेवा कार्यालय हुम्लाअन्तर्गतको अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरिएको हो ।

चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकस्मिक र प्रसूति सेवा बाहेक अन्य सबै सेवा पनि बन्द गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्