राष्ट्रसंघलाई सरकारको जवाफ : नेपालको द्वन्द्वलाई गिजोल्न नखोज्नू



काठमाडौँ : सरकारले संयुक्त राष्ट्र संघलाई नेपालमा जारी द्वन्द्व व्यवस्थापन प्रक्रियालाई गिजोल्ने प्रयत्न नगर्न भनेको छ । १० पृष्ठ लामो पत्र पठाउँदै राष्ट्रसंघले नेपालको संक्रमणकालिन न्याय प्रक्रियामाथि प्रश्न उठाएको भोलीपल्ट सरकारले यस्तो जवाफ दिएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जवाफ दिएका हुन् । 

‘द्वन्द्व नेपालमै भएको हो । यहाँको द्वन्द्वको समाधान हामीले नै गर्ने हो’, बास्कोटाले भने, ‘यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय चासो हुनु स्वभाविक हो । तर यहाँको द्वन्द्वका प्रमुख पात्र हामी नै हौँ ।’

प्रवक्ता बास्कोटालले यहाँको द्वन्द्वलाई धेरै गिजोल्नु भन्दा नेपालीले नै हल गर्न दिनुपर्ने जवाफ राष्ट्रसंघलाई दिए । ‘ द्वन्द्वलाई धेरै गिजोल्नु उचि हुँदैन । संक्रमणकालिन न्याय टुंगो पुर्‍याउन हामीले यसको विधेयकलाई संसदमा लगिसकेका छौँ । नेपालको क्षमतालाई विश्वले पनि बुझ्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्