जनकपुर युथ क्लवद्धारा रामेश्वरी देवी सरोवरको किनारमा वृक्षारोपण



जनकपुरधाम : जनकपुरधामका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहले १६ वर्ष आगाडी जनकपुर युथ क्लवलाई दान गरेको आफ्नो निजि पोखरी (रामेश्वरी देवि सरोवर) मा वृक्षारोपण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित सरोवरको किनारमा आज (आइतबार) बिहान वृक्षारोपण गरिएको हो ।

जनकपुर युथ क्लवको आयोजना एवं प्रदेश नम्बर २ का नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्यमा वृक्षारोपण गरिएको क्लवका निवर्तमान अध्यक्ष गोबिन्द राय (चन्दन) ले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा बोल्दै नेता यादवले वायू पर्यावरण र स्वास्थ्यलाई ख्याल गर्दै जल र जंगलको संरक्षण एवं संवद्र्धन नितान्त आवश्यक रहेको बताए ।

वृक्षारोपण कार्यले जमिनको माटो अँठ्याई राख्ने र परेको पानीको गतिलाई कम गरी पानी जमिनमुनि जान सहयोग गरेर भूक्षय कम गर्नुका साथै रुखहरू भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्ने उनले बताए ।

उनले अहिले जंगलमा रहेका रुख विरुवाहरु कटान भईरहेकाले बाढी लगायतका जोखिमहरु वर्षायाममा आउने गरेकाले अहिले देखि नै वातावरणलाई हराभरा राख्नुपर्ने आवश्यकता रहेको धारणा राखे । रामेश्वरी देवी सरोवर करिब १६ वर्ष अघि जनकपुर उपमहानगरपालिकाका पुर्व मेयर बजरंग प्रसाद साहले जनकपुर युथ क्लवलाई दान गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा जनकपुर युथ क्लवका अध्यक्ष रोहित ठाकुर, नेपाली कांग्रेसका नेता जिबनाथ चौधरी, नगर सभापति मनोज साह, समाजसेवी अमरचन्द्र अनिल, प्रफुल्ल राज घिमिरे, कामेश्वर झा, सरोज मिश्र, गोबिन्द राय (चन्दन), जिरोमाइल युवा कमिटीका उपाध्यक्ष अजय मण्डल, महासचिव शिव शंकर मिश्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्