बालुवाटार जग्गा प्रकरण : माधव नेपालविरुद्धको रिटमाथि सुनुवाइ हुने



काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

२०७६ माघ २२ मा दायर भएको मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वाेच्चमा रिट दायर गरेका थिए । सोही मुद्दामा आज सुनुवाइ हुन लागेको सर्वाेच्च अदालतले जनाएको छ ।

जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर थियो ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्