बलात्कार आरोपमा टेलिकमका कर्मचारी पक्राउ



काठमाडौं : ओखलढुङ्गमा २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार र बलात्कारको प्रयास भएको छ ।

यौनदुर्व्यवहार र बलात्कार प्रयास गरेको आरोपमा नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत २६ वर्षीय अशोक मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।

मेहता सुनसरीका इनरुवा नगरपालिका वडा नं.८ को डुम्राका हुन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका ८ राँगादिपमा नेपाल टेलिकमको टावर निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रहरीले उनीबिरुद्ध जबर्जस्ती करणी उद्योग र यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्