महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड लिलाम



एजेन्सी : महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड अर्थात झण्डै १८ लाख रुपैयाँमा बिक्री भएको छ ।

शुक्रबार लिलामीकर्ता एन्ड्यू स्टोले इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउण्ड प्राप्त गर्ने आशा राखेका थिए । तर, उक्त घडी १२ हजार पाउण्डमा बिक्री भएको छ ।

सन् १९४४ मा गान्धीले स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुबालाई समर्पणका लागि धन्यवाद स्वरुप दिएका थिए ।

स्टोका अनुसार घडी किन्ने व्यक्ति अमेरिकाका एक जना निजी संकलक हुन् । उक्त घडी कुनै बेला गान्धीका समर्थक रहेका सिकर्मी मोहनलाल शर्माको थियो ।

सन् १९३६ मा उनी नागरिक अधिकारबादी नेता गान्धीलाई भेट्न र उनलाई सघाउन गएका थिए । त्यतिबेला उनको समर्पणका लागि धन्यवादस्वरूप गान्धीले सन् १९४४ मा आफ्नो घडी दिएका थिए । र त्यसको स्वामित्व क्रमशः मा उनका नातिकहाँ आइपुग्यो ।

‘यो इतिहासको एउटा अविश्वसनीय वस्तु हो र यो लगाइएको र फुटेको हुनाले महत्व थपिएको छ,’स्टोले भने ।

‘यो घडी धेरै वर्ष गान्धीले लगाएका थिए भनेर सोच्दा र त्यसपछि उनका एकजना निकटका साथीलाई दिइएको थियो र जसले त्यसलाई त्यति नै महत्त्व दिएर जोगाए भन्ने तथ्य अदभूत छ ।’

यसअघि गत अगस्टमा गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो । लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउण्डमा बिक्री भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न

काठमाडौ : भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार

जेनेभा : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको